अहिलेको अवस्थाWhere things stand
भदौको अन्तिम साता रसुवाको भोटेकोशी–त्रिशूली उपत्यकामा आएको हिमताल फुटेर आएको बाढी र पहिरोले रसुवागढी नाका, बेत्रावतीदेखि स्याफ्रुबेसीसम्मको सडक र दर्जनौँ बस्ती बगायो। पानी घटे पनि समस्या घटेको छैन — शव पहिचान, बेपत्ताको खोजी र विस्थापितको आश्रय अझै अधुरो छ।
In the last week of August a glacial flood and debris flow tore down the Bhotekoshi–Trishuli valley in Rasuwa, taking out the Rasuwagadhi border crossing, the road from Betrawati to Syabrubesi, and dozens of settlements. The water has gone down; the emergency has not. Identifying the dead, tracing the missing and sheltering the displaced are all still unfinished.
| भेटिएका शव | Bodies recovered | 669 | प्रहरी · 30 Aug |
| पहिचान भइसकेका | Identified so far | 20 | प्रहरी · 30 Aug |
| पहिचान नभई गाडिएका (चितवन) | Buried unidentified, Chitwan | 229 | 30–31 Aug |
| रसुवामा बेपत्ता भनी जनाइएको | Reported missing, Rasuwa | 826 | रेडक्रस · 27 Aug |
| प्रभावित जनसंख्या (६ जिल्ला, १७ पालिका) | People affected, 6 districts | 84,270 | UNDP |
| क्षतिग्रस्त पुल | Bridges damaged | 80 | रेडक्रस · 27 Aug |
सङ्ख्या किन फरक-फरक आउँछ: रेडक्रसको जिल्लास्तरीय गणना, प्रहरीको शव अभिलेख र अन्तर्राष्ट्रिय समाचारका आँकडा एउटै होइनन् — कसैले रसुवा मात्र गन्छ, कसैले सिमानापारि चीनतर्फको क्षति पनि जोड्छ। ३१ अगस्तसम्म कुल मृत्यु १,००० नाघेको समाचार आएको छ। फोन नेटवर्क नै बिग्रिएकाले "बेपत्ता" भनिएका धेरै वास्तवमा सम्पर्कविहीन मात्र हुन सक्छन्।
Why the numbers disagree: Red Cross district counts, police body records and international wire figures are not measuring the same thing — some cover Rasuwa alone, others include losses across the border in China. By 31 August the combined toll was reported above 1,000. And because the phone network itself is broken, many people counted as missing are simply unreachable.
सबैभन्दा जरुरीThe urgent part
शव पहिचानIdentifying the dead
६६९ शव भेटिएकोमा ३० अगस्तसम्म जम्मा २० जनाको मात्र पहिचान भएको छ। २११ शव टुक्रिएका वा अपूर्ण अवस्थामा छन्। धेरै शव बाढीसँगै दर्जनौँ किलोमिटर तल बगेर नुवाकोट, धादिङ हुँदै चितवनसम्म पुगेका छन् — त्यसैले आफ्नो मान्छे हराएको ठाउँमा मात्र खोज्नु पर्याप्त छैन।
Of 669 bodies recovered, only 20 had been identified by 30 August. 211 are partial or severely damaged remains. Many were carried dozens of kilometres downstream through Nuwakot and Dhading as far as Chitwan — so searching only where a person went missing is not enough.
गाडिइसकेको भए पनि पहिचान सम्भव छBurial is not the end of identification
चितवनको देवघाटलगायतका स्थानमा पहिचान नभएका शव गाडिन थालेका छन्। तर प्रहरीले प्रत्येक शवको फोटो, DNA नमुना, ट्र्याकिङ कोड, शारीरिक विवरण, शव परीक्षण प्रतिवेदन र गाडिएको ठ्याक्कै ठाउँ अभिलेख राखेर मात्र गाड्ने गरेको छ। परिवार पछि आएर दाबी गर्दा पनि मिलान गर्न र चिहान पत्ता लगाउन सकिन्छ। ढिलो भइसक्यो भन्ने होइन।
Unidentified bodies are being buried at Devghat in Chitwan and elsewhere. But police record a photograph, DNA sample, tracking code, physical description, autopsy report and the exact plot location for every one before burial. A family that comes forward later can still be matched, and the grave can still be found. It is not too late.
अहिले के गर्नेWhat to do now
- नेपाल प्रहरीले पहिचान नभएका शवको आधिकारिक अभिलेख udb.nepalpolice.gov.np मा राखेको छ। त्यसमा मृतकका तस्बिर छन् — हेर्नुअघि तयार हुनुहोस्, र सक्दो एक्लै नहेर्नुहोस्।
- Nepal Police publish the official record of unidentified bodies at udb.nepalpolice.gov.np. It contains photographs of the dead — be ready before you open it, and try not to look through it alone.
- रसुवा मात्र होइन, तल्लो तटका जिल्ला — नुवाकोट, धादिङ, चितवन — का अभिलेख पनि हेर्नुहोस्।
- Check records in the downstream districts — Nuwakot, Dhading, Chitwan — not only in Rasuwa.
- जानुअघि पहिचान विवरण फारम भरेर लैजानुहोस्। दाँतको उपचार, पुरानो चोटको दाग, लगाएको गहना, हिँड्दाको लुगा — यस्ता कुराले नाम वा फोटोले भन्दा बढी काम गर्छ।
- Before you go, fill in the identification detail sheet and take it with you. Dental work, an old scar, the jewellery worn, the clothes last seen — these identify people when a name or photograph cannot.
- DNA मिलानका लागि परिवारको नमुना चाहिन्छ। आमा, बुबा वा छोराछोरीको नमुना सबैभन्दा उपयुक्त हुन्छ — प्रहरी वा अस्पतालमा सोध्नुहोस्।
- DNA matching needs a family reference sample. A parent or child gives the strongest comparison — ask at the police office or hospital.
→ पहिचान विवरण फारम खोल्नुहोस् (प्रिन्ट गर्न मिल्ने)Open the identification detail sheet (printable)
बेपत्ता आफन्त खोज्दैTracing the missing
नेपाल रेडक्रसले नुवाकोटमा पारिवारिक सम्पर्क पुनर्स्थापना (RFL) डेस्क खोलेको छ — आफ्नो फोन नचल्नेहरूलाई आफन्तसँग जोड्न। विपद् हटलाइन 1130 बाट सुरु गर्नुहोस्, वा नजिकको रेडक्रस शाखा वा प्रहरी कार्यालयमा जानुहोस्। यी नै अभिलेख अस्पताल र आश्रयस्थलमा आइपुगेकाहरूको सूचीसँग मिलाइन्छ।
The Nepal Red Cross has opened a Restoring Family Links desk in Nuwakot to reconnect people whose own phones are dead. Start with the disaster hotline 1130, or go to your nearest Red Cross chapter or police office — those are the records that get cross-checked against hospital and shelter arrivals.
अनौपचारिक "बेपत्ता सूची" वेबसाइटहरूबारे: बाढीपछि थुप्रै साइट देखा परेका छन् — कुनैले हजारौँ नाम भएको दाबी गर्छन्, कुनैमा फारम मात्र छ र एउटै नाम देखिँदैन। कतिपय राम्रो नियतले बनेका होलान्, तर कुनै पनि आधिकारिक अभिलेखसँग मिलाइएका छैनन्। त्यहाँ नाम नभेटिनुले केही अर्थ राख्दैन, भेटिनुले पनि पुष्टि गर्दैन। समय छ भने आधिकारिक ठाउँमा लगाउनुहोस्।
On the unofficial "missing lists": several sites appeared after the flood — some claiming thousands of names, others with only a form and no records visible at all. Some may be well meant, but none are reconciled with official records. A name's absence there means nothing, and its presence confirms nothing. Spend the time on the official channels instead.
सडक र आवागमनRoads and access
भदौ अन्त्यसम्मको पुष्टि भएको अवस्था। दैनिक फेरिन्छ — हिँड्नुअघि सडक डिभिजन कार्यालय वा प्रहरीसँग सोध्नुहोस्।
As last confirmed in late-August reporting. This changes daily — check with the road division office or police before travelling.
सहयोग कसरी गर्नेHow to help
जमिनमा खटिएका संस्थाहरूलाई अहिले चाहिएको: नपकाई खान मिल्ने खाना, त्रिपाल र अस्थायी आश्रय, पानी शुद्ध पार्ने साधन र सरसफाइ सामग्री — त्रिशूली किनारका १०,००० भन्दा बढी विस्थापित घरधुरीका लागि। सामान जुटाएर पठाउनुभन्दा भरपर्दो संस्थालाई नगद दिनु प्रायः बढी काम लाग्छ, किनभने त्यसले उनीहरूलाई जे चाहिन्छ त्यही किन्न दिन्छ।
What responders are asking for right now: ready-to-eat food, tarpaulins and shelter material, water purification and hygiene supplies, for the 10,000-plus displaced households along the Trishuli. Cash to a trusted organisation usually helps more than collecting goods, because it lets them buy whatever is actually short that week.
नेपालभित्रबाटFrom inside Nepal
- donation.nrcs.org नेपाल रेडक्रसको आफ्नै पोर्टल। जिल्ला शाखामा प्रत्यक्ष पनि दिन सकिन्छ।The Nepal Red Cross's own portal. You can also give in person at any district chapter.
- स्वयंसेवा — जिल्ला शाखामार्फत। सिधै रसुवा नजानुहोस्; तालिम नपाएका मानिस पुग्दा उद्धारमै भार पर्छ।Volunteering — through a district chapter. Don't self-deploy to Rasuwa; untrained arrivals add load to the rescue effort.
विदेशबाटFrom abroad
- आफू बस्ने देशको रेडक्रसमार्फत — अमेरिकी, बेलायती, अस्ट्रेलियाली, क्यानेडेली, सिंगापुर आदि। पैसा IFRC हुँदै नेपाल रेडक्रससम्म पुग्छ, र प्रायः स्थानीय कर छुट पनि पाइन्छ।Through your own country's Red Cross — American, British, Australian, Canadian, Singapore and others. Funds route via IFRC to the Nepal Red Cross, usually with a local tax receipt.
- IFRC आपत्कालीन अपिलemergency appeal CHF २.५ करोडको अपिल सक्रिय छ।A CHF 25 million appeal is active.
- CARE · UNICEF · Direct Relief आश्रय, बालबालिकाको सुरक्षा र स्वास्थ्य सामग्रीमा काम गरिरहेका संस्था।Working on shelter, child protection and medical supplies.
ठगीबाट जोगिनुहोस्Avoiding the scams
विपद्को बेला नक्कली "सरकारी" दान पेजहरू निस्कन्छन्। यो पेज तयार पार्दा भर्खर दर्ता भएका थुप्रै वेबसाइट भेटिए — कतिले आफूलाई सरकारी कोष भन्दै QR कोड राखेका छन्, कतिले स्रोत नखुलाई ठ्याक्कै मिल्ने बेपत्ता सङ्ख्या छापेका छन्। ती यहाँ लिङ्क गरिएका छैनन्।
Fake "official" donation pages follow every disaster. While putting this page together we found several newly registered sites — some presenting themselves as government funds with a QR code, some publishing precise missing-person counts with no source at all. None of them are linked here.
- nrcs.org, .gov.np मा टुङ्गिने ठेगाना, वा तपाईंले पहिल्यै चिनेको अन्तर्राष्ट्रिय संस्थाबाट मात्र पैसा पठाउनुहोस्। सामाजिक सञ्जालमा घुमेको QR कोडबाट कहिल्यै नपठाउनुहोस्।
- Send money only through nrcs.org, an address ending .gov.np, or an international organisation you already know by name. Never through a QR code circulating on social media.
- ठ्याक्कै मिल्ने आँकडा भएकै कारण कुनै समाचार भरपर्दो हुँदैन। पठाउनुअघि रेडक्रस वा प्रमुख समाचार संस्थासँग मिलाएर हेर्नुहोस्।
- A precise-looking figure is not a more reliable one. Check it against the Red Cross or a major news agency before forwarding it.
- तुरुन्तै पैसा हाल्न हतार गराउने, वा .gov.np मा पुष्टि गर्न नसकिने सरकारी नाता देखाउने पेज — त्यो खतराको सङ्केत हो।
- A page that rushes you, or claims a government link you can't verify at a .gov.np address, is showing you a warning sign.